१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले विदेश मामिला विभागमा पूर्वराजदूतहरुलाई भर्ना गरेको छ । सुरेन्द्र कार्कीको अध्यक्षतामा गठन भएको विदेश मामिला विभागको ३१ सदस्यीय समूहमा पूर्वराजदूतहरु पनि समावेश छन् ।

मुख्यसचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, पूर्वराजदूत डा. महेश मास्केसहित अन्य पूर्वराजदूतहरु विभागमा आबद्ध रहेका छन् ।

पूर्वराजदूत पौडेल र मास्केसँगै पूर्वराजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह रहेका छन् ।

केही समयअघि पूर्वराजदूत पौडेल गाउँमा गएरमाओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) लाई प्रशिक्षण दिएका थिए । सरकारी जागिरबाट बिदा भएका पूर्वराजदूत पौडेल अहिले माओवादी राजनीतिमा सक्रिय लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV