१९ आश्विन २०७८, मंगलवार

कपिलवस्तु । शान्ति सुरक्षामा खटिने प्रहरीले ६६ औँ प्रहरी दिवसको अवसरमा कपिलबस्तुमा रक्तदान कार्यक्रम आयोजना गरेर मनाएको छ।

प्रहरी कार्यालयमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ‘रक्तदान जीवनदान’को नारालाई आत्मसात गर्दै प्रहरी दिवसमा रक्तदान गरेको प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले बताए ।

‘समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्नु हाम्रो कर्तव्य हो,’ उनले भने ‘सुरक्षासंगै रक्तदान गरेर आफनो रगतको थोपाले कसैको ज्यान बच्छ भने त्यो धर्म पनि हामीैले निर्भाह गरेका हौँ ।’

रक्तदान गर्दा आफूलाई निकै खुशी लागेको पनि एसपी कार्कीले बताए । रक्तदान कार्यक्रममा ५५ जना प्रहरी र एक जना सञ्चारकर्मी गरि कूल ५६ पिन्ट रगत संकलन भएको प्रहरी नायब उपरिक्षक (डिएसपी) धर्मराज भन्डारीले बताए ।

रक्तदान कार्यक्रममा एसपी कार्की, ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर), ६ जना महिलासहित जम्मा ५५ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए । ।

रेडक्रसका जिल्ला शाखा प्रमुख सन्तोष श्रीवास्तवले प्रहरी कर्मचारीले दानगरेको रगत घटना, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी समस्या रहेका कैयौँ नागरिकको जीवन रक्षामा उपयोग हुने बताए ।

यस्तै कोभिडको बला गरिएको यो रक्तदान आफैमा प्रशंसनीय कार्य गरेको पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताए ।

उता पुर्णब्रम्हा कबिर उपासक समाज नेपालले पनि कपिलवस्तुको तौलिहवामा खुल्ला रक्तदान सम्पन्न गरेको छ । पशुबली हत्या हिंसा अन्त्य गरी बिश्व शान्ति कायम गर्ने उद्देश्यले सो संस्थाले रक्तदान कार्यक्रम राखेको हो ।

कार्यक्रम संयोजक जीत बहादुर चौधरी अनुसार सो रक्तदानमा ३० युनिट बढी रगत संकलन भएको छ । सो संस्थाले समाजिक कुरुती, दाईजो प्रथा अन्त्य सहित समाजमा शान्ति कायम गर्नुपर्ने भन्दै तौलिहवामा शान्ति र्याली समेत निकालेको छ । पशुबाली अन्त्य गर्नु पर्ने मागसहित सो संस्थाले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV