१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रीमा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको भनेर सत्ता रुढ गठबन्धनका दलहरुबीच छलफल भएको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

मंगलबार सत्ता रुढ गठबन्धनको बैठकमा यस विषयमा छलफल भएको तर, यस विषयमा आएका समाचारमा सत्यता नभएको पनि उनले जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा भ्रामक हो, यसमा कुनै सत्यता छैन ।

मिडियामा मन्त्रीपरिषदमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार आएपछि प्रधानन्यायाधीश जबरा बैठक डाकेर यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आपत्ति जनाइसकेका छन् ।

सोमबार सर्वोच्चले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद गठन एवं विस्तारको विषयमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरन्जित एवं भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै खेद व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV