१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले उन्मुक्ति पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार भरिया सनम हत्या प्रकरण र सुन तस्करीमा मुछिएका सबै प्रहरीले सफाइ दिएको छ ।

सफाइ पाउने प्रहरीहरुमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले सफाइ पाएका छन् ।

यस प्रकणमा मुछिएका ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका गोरे भनिने चुडामणि उप्रेतीसहित ८ जनालाई मात्रै दोषी ठहर गरेको छ ।

८ जनामध्ये ६ जनालाई जन्म कैद तोकिएको छ भने यस प्रकरणमा मुछिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ।

साथै, यस प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV