१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले गौतम बुद्ध नेपालमै जन्मेको भन्ने भनाइलाई स्वीकार गरेका छन् । उनले आफ्नो नवप्रकाशित पुस्तकमा बुद्धको जन्म नेपालमै भएको पुष्ट्याइँसहित ब्याख्या गरेका छन् ।

उनको नवप्रकाशित पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डियानेपाल टाइज’मा बुद्धको जन्म नेपालमै भएको भन्दै बरु बौद्ध सभ्यता नेपाल–भारत दुवैतर्फ विस्तारित भएको उल्लेख गरेका छन् ।

तर उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अयोध्या भारतमा नभइ नेपालकै भूमि हो र योगको उत्पत्तिसमेत नेपालमै भएको भनेर भन्नु प्रामाणिकभन्दा पनि चरम राष्ट्रवादिताका उदाहरण भनेर उनको पुस्तकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV