१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । मन्त्रालय भागबन्डामा रुमलिँदै आएका सत्तारुढ गठबन्धनका दलहरुले पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अुनसार मंगलबार बिहान बसेको गठबन्धनको बैठकले मन्त्रालय भाडबन्डा लगाएको र बिहीबारसम्म मन्त्रालय विस्तार गर्ने निर्णय गरेको छ ।

सबैकुराको चाँजोपाँजो आजै मिले साँझसम्म नत्र पर्सिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय भएको पनि बताइएको छ ।

कुन दललाई कति मन्त्रालय ?
बैठकको सहमतिअनुसार कांग्रेसले अहिलेका मन्त्रालयसहित ६ वटा मन्त्रालय पाउने भएको छ । हाल कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ५/५ मन्त्रालयसहित १/१ राज्यमन्त्री पाउने सहमति भएको पनि बताइएको छ ।

माओवादीबाट हाल अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसाल सरकारमा सहभागी रहेका छन् भने नेकपा एस र जसपाबाट कुनै पनि मन्त्री बनेका छैनन् ।

मंगलबार सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV