१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनको क्रममा कार्यकर्ताहरुमा अपूर्व उत्साह र ऊर्जा थपिएको बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नं ५ र नुवाकोट जिल्लाका वडा र गाँउ नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रम पछि उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले यो उत्साह र ऊर्जाले आउदो चुनावमा नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले बिजयी गराउने संकल्प पूरा गर्न थप प्रेरित गरेको पनि बताउनुभएको छ ।

बधाई तथा शुभकामना कार्यक्रम पछि डा. महतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ु सम्पूर्ण साथीहरुमा देखिएको उत्साहले नेपाली कांग्रेसलाई वैचारिक रुपमा सबल, संगठित,अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा संकल्प पूरा गर्ने आत्मविश्वास बढाएको छ ।ु

सह–महामन्त्री डा।महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा वडा , गाउँ र नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनुभएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले काठमाडौं जिल्ला क्षेत्र नं ५ र नुवाकोटबाट निर्वाचित पदाधिकारी र प्रतिनिधिहरुलाई विजयादशमीको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित भएको पनि उल्लेख गर्नुभएको छ ।

सहमहामन्त्री डा. महतले विजया दशमी २०७८ को शुभउपलक्ष्यमा नेपाली कांग्रेसमा आबद्ध, यसप्रति सद्भाव राख्नु हुने, लोकतान्त्रिक राजनीतिक व्यवस्थाप्रति प्रतिबद्ध र नेपालप्रति माया गर्नुहुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य,दीर्घायु,सुख(शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV