१९ आश्विन २०७८, मंगलवार

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन् ।

ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाले जनाएको छ ।

बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधनमध्ये डियो स्कुटर र पल्सर मोटरसाइकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV