१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । भारतीय पूर्वराजदूत रञ्जित रेले महाकाली सन्धिपछि भारतको सबैभन्दा निकटतम रहेका केपी शर्मा ओली पछिल्लो समय ‘राष्ट्रवादी ओहोदा’का भएको टिप्पणी गरेका छन् ।

उनले आफनो नवप्रकाशित पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया-नेपाल टाइज’मा उक्त टिप्पणी गरेका हुन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले पछिल्लो समय भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छवि नै बनाएको उल्लेख गरेका छन् ।

उक्त राष्ट्रवादी अडानकै कारण उपचारका लागि पनि पछिल्ला वर्षमा दिल्ली नगएर बैंकक तथा सिंगापुर गइरहेको पूर्वराजदूत रेले चर्चा गरेका छन् ।

‘महाकाली सन्धि (१९९६) भएताका भारतका सबैभन्दा ‘निकटतम मित्र’ ओली पछिल्ला समयमा ‘राष्ट्रवादी ओहोदा’ का कारण चिनिनु भयो।कतिसम्म भने उहाँ भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छवि छ,’ उनले पुस्तकमा भनेका छन्, ‘उक्त छविक कारण उहाँ आफ्नो उपचारका लागि पनि पछिल्लो समय दिल्ली नगएर बैंकक र सिंगापुर जानुभयो।’

रेले ओलीलाई नजिबाट चिनेको तथा बुझेको पनि उल्लेख गरेका छन् । ओलीसँगै पत्नी राधिका शाक्य र विद्यादेवी भण्डारीको पनि आथित्यता पटक-पटक पाएका उनले बताएका छन् ।

‘मैले ओलीको आतिथ्य धेरैपटक पाएको छु, उहाँसहित उहाँको पत्नी राधिका शाक्य र विद्यादेवी भण्डारीबाट पनि आथित्यता पाएको छु। एकपटक विद्या भण्डारीसहित नेता ओली र म बबरमहल रिभिजिटेडमा लन्चमा गएका थियौँ।’

उनले ओलीले जे जस्तै असहमति र असहज स्थितिमाझ पनि केपी ओलीसँग आफूले संवाद खुला गरेको विगतलाई पनि पुस्तकमा समेटका छन् ।

उनले लेखेका छन्, ‘ओली निवासमा मलाई स्वागत गर्न नचाहेको बेला र ओली इन्डिया हाउसमा आउन नचाहँदा बबरमलतिर व्यपारीको घरमा भेट गर्ने गर्थ्यौँ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV