१८ आश्विन २०७८, सोमबार

काठमाडौं । व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीसहित अन्यलाई पक्राउ गरेको हो ।

सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङविरुद्ध सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ।

त्यहीँ अभियोगमा उनी पक्रा परेको बताइएको छ । सोमबार उनी सुन्धारा क्षेत्रबाट पक्राउ परेको सिआइबीले जनाएको छ ।

अध्यक्ष तामाङसहित अन्यविरुद्ध निक्षेपकर्ताहरूले दिएको उजुरीका आधामा सोमबार ब्युरोबाट खटिएको टोलीले उनीसहित सहकारीका अन्य व्यक्तिलाई पक्रा गरेको बताइएको छ ।

अध्यक्ष तामाङ विरुद्ध ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV