१८ आश्विन २०७८, सोमबार

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई थप तीन दिन हिरासतमा राखिने भएको छ । आर्यनलाई क्रुज सिपमा ड्रग्स पार्टीमा भेटिएका थिए ।

आर्यनलाई ७ अक्टोबरसम्म एनसीबीले हिरासतमा राख्ने भएको हो ।नारकोटिक्स कन्ट्रोल ब्युरो ‘एनसीबी’ले आर्यनलाई हिरासतमा राख्न ११ अक्टोबरसम्मको मिति माग गरेको भए पनि किला कोर्टले ७ तरिखसम्मका लागि हिरासतमा राख्न आदेश दिएको भारतीय मिडियाले जनाएको छ।

शनिबार मुम्बईस्थित एक क्रुजमा एनसीबीले छापा मार्दा भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यनसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो ।

उक्त क्रुज पार्टीमा सहभागी हुनेहरूले टिकटबापत ८० हजारदेखि दुई लाख भारुसम्म तिरेको जनाइएको छ ।

आर्यनले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रूपमा पार्टीमा सहभागी भएको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV