१८ आश्विन २०७८, सोमबार

काठमाडौं । गत सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको समस्याबारे बुद्ध एयरले आन्तरिक छानबिन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ ।

क्याप्टेन अनन्त डंगोल संयोजकत्व रहेको छानविन समितिले असोज ११ गते काठमाडौंबाट विराटनगर उडेको  बुद्ध एयरमा ‘क्रु टिम’ले जहाजको ‘इन्डिकेटर’ को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्षसहिको प्रतिवेदन सोमबार प्राधिरणलाई बुझाएको हो।

प्रतिवेदन प्रतिवेदनमा क्याप्टेन एजी शेर्पाले जहाज उडाउनुअघि नै जहाजमा समस्याको संकेत देखा परेको पनि प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा उड्नुभन्दा पहिले ककपिट भित्र देखिएको इन्डिकेटरलाई क्रु टोलीले ध्यान नदिएको समेत उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ ।’

असो ११ गते सोमबारका दिन बुद्ध एयरको जहा ७३ जना यात्रु थिए । काठमाडौंबाट विराटनगरका लागि बिहान ८ बजेर ५ मिनेटमा जहाज उडेको थियो।

विराटनगर पुगेको जहाज ल्याण्डिङ गियर नखुलेपछि अतवरण गर्न नसकेर काठमाडौं फर्किएको थियो । काठमाडौंमा पनि अवतरण गर्न नसकेको जहाज अन्ततः एक्कासी ल्याण्डिङ गियर खुलेर अवतरण गरेको थियो ।

त्यसपछि जहाजमा खास के भएको भन्ने समस्या पत्ता लगाउन समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV