
काठमाडौं । बाथरुममा लडेका पूर्व फिफा रेफ्री लव खत्रीको ज्यान गएको छ ।
आज विहान बाथरुममा लडेर टाउकोमा गम्भीर चोट लागेका ५० वर्षीय उनलाई मेडिसिटी अस्पताल लगिए लगैलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको जनाइएको छ।
खत्री आज विहान मर्निङवाकबाट फर्केपछि बाथरुम गएका बेला लडेर अचेत भएका थिए । उनले ए डिभिजन क्लब थ्रीस्टार, फ्रेन्ड्स र जावलाखेलबाट पनि फुटबल खेलेका थिए भने २०१८ मा उमेरहदका कारण फिफा रेफ्री छाडेका थिए ।
अखिल नेपाल फुटबल संघको मुख्याले एन्मा रेफ्री खड्काको निधन प्रति शोक व्यक्त गर्न पार्थिव शरिर राखिएको थियो ।