१८ आश्विन २०७८, सोमबार

काठमाडौं । विश्व हस्तलेखन (ह्याण्ड राइटिङ) प्रतियोगितामा दोस्रो भएका अनिल कुमार थमन भारतीय नागरिक भएपनि लामो समयदेखि नेपालमा बस्दै आएका छन् ।

घर र परिवारबाट १८ वर्षको उमेरमा अलग भएर फरक देशमा जानु, आफ्नो कथाको सुरुवात रहेको उनको भनाइ छ । उनको क्यारियर एक सुन्दर यात्राले सजिएको छ । उनलाई ६४ वर्षको उमेरमा (ह्याण्ड राइटिङ) प्रतियोगिताले एक आत्म–प्रेरित व्यक्ति बन्ने दिशामा अग्रसर गराएको छ ।

उनी भन्छन्, ‘मेरी छोरीले २०१९ मा मलाई एउटा फाउन्टेन पेनको उपहारले मलाई यो सुनिश्चित गर्नको लागि पर्याप्त उपहार दियो कि यो उपहारले आफ्नो उद्देश्यसम्म पुगे । ’

उनकी छोरी डा अरमानले उनलाई फाउन्टेन पेन उपहार दिएपछि आफ्नो यात्रा सुरू भएको उनी बताउँछन् । उनका अनुसार हस्तलेखन सबैभन्दा सस्तो पोर्टेबल स्किल हो, र यो पनि आफैलाई व्यक्त गर्ने सबैभन्दा राम्रो तरिका हो, यसको लागि अध्ययन र अभ्यासको आवश्यक छ।

उनले अरुले लेखेका केही किताबहरुको अध्ययन गरेका छन् । हरेक दिन उनी न्यूनतम २ घण्टा हस्तलेखनको अभ्यास गर्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, हस्तलेखनमा परिष्करण प्रोफेसर जनार्दन केसी जे र र मनीष सोनीको मार्गदर्शन बिना सम्भव थिएन। राम्रो हस्तलेखनको लागि पेन, पेपर जस्ता वस्तुहरुले एक महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि लगाइएको लकडाउनमा धेरैले घरभित्र रहेर केही न केही गरेका छन् । यस्तै उनले पनि धेरैजसो लकडाउनको समयमा किताबहरु पढ्न, बुझ्न र अभ्यास गर्नमा बिताएका थिए । यसले उनको स्किललाई सुधार गर्न धेरै मद्दत ग¥यो।
उनले २० देखि ६४ बर्ष उमेर समूहको स्पर्धामा दोस्रो स्थान प्राप्त गरे । यो समूहमा भारतमा लक्ष्मण नागो बावनकुले पहिलो स्थान पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV