१८ आश्विन २०७८, सोमबार

काठमाडौं । र्‍यापर समिर घिसिङ ‘भिटेन’ ‘रत्नपार्क’ नामक चलचित्रका लागि अनुबन्ध भएका छन् । बुढासुब्बा ओर्जिनलले निर्माण गर्न लागेको चलचित्र ‘रत्नपार्क’मा र्‍यापर भिटेनलाई पनि भूमिकामा देखिने हो ।

उनले उक्त चलचित्रका लागि साइन गरिसकेको समेत बताइएको छ । बुढासुब्बा ओर्जिनल ७ वटा चलचित्र बनाउने योजनामा रहेको छ । उक्त ७ चलचित्र मध्ये ‘रत्नपार्क’ पनि एक रहेको बताइएको छ ।

जसका लगि भिटेनले कति रुपौँयामा सम्झौता गरे भन्ने आधिकारिक पुष्टि भने भएको छैन।

भिटेनले गाएको गीतको बिषयमा कहिले बिवाद हँदै आएको छ । गीतमा अस्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले भिटेनलाई पटक-पटक नियन्त्रणमा लिँदै आएको छ ।

LIVE TV