१८ आश्विन २०७८, सोमबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा आफूले पनि भाग खोजेको भन्ने समाचार झुटो भएको बताउनुभएको छ ।

सोमबार बिहान सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग मन्त्रिपरिषद्‌मा भाग मागेको भनेर आएका समाचार न्यायपालिकामाथि सुनियोजित प्रहार भएको बताउनुभयाे ।

केही सञ्चारमाध्यमहरुमा ‘मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग’ भन्ने समाचार प्रकाशित भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न पुगेको थियो ।

तर, प्रधानन्यायाधीश राणाले उक्त समाचार सुनियोजित र षडयन्त्रपूर्वक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ विगतदेखि नै न्यायपालिकामाथि सुनियोजित प्रहार भइरहेको छ । त्यसैको निरन्तरता यो घटना हो। यो झुटो समाचार हो। भ्रममा नपर्नुहोला ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV