१८ आश्विन २०७८, सोमबार
  • दान बहादुर बुढा

मुगु । मुगुको रारा नगरपालिका वडा नम्बर–७ पिनामा रहेका २२ घर पहिरोको उच्च जोखिममा परेको छ । वर्षाको कारण दलित (साहनी) बस्तीको २२ घर पहिरोको उच्च जोखिममा परेका हो ।

अन्य १ सय ८ घर पनि जोखिममा रहेका छन् । पहिरोले अन्नबालीमा समेत क्षती पुर्योएको छ । उक्त गाउँ मुगुमाबाट संघिय सरकारमा प्रतिनिधित्व र्गदै आएका एक मात्र सांसद गोपाल बहादुर वमको गाउँ हो ।

केही वर्षअघि कर्णाली राजमार्ग जोडिँदा सुखी भएका पिना बासिलाई अहिले त्यही राजर्मागले उठिबास लागेको छ । ढल निमार्ण नगर्दा सडकको पानी बस्तीमा पसेपछि गाउँ पहिरोको उच्च जोखिममा परेको हो । अहिले शाहनी बस्तीका केही घर–परिवार सामुदाय भवनमा बसेका छन् भने केही पाल टागेर बसेका छन् ।

पीडित हासकला साहनीले भनिन्– ‘सामुदाय भवनको एउटै कोठमा ७/८ परिवार बसेका छौँ, राति किरा–फटिङ्ग्राले हैरान बनाउछ । हाम्रै गाउँका सांसद छन्, तर कता छन् भन्ने अत्तोपत्तो छैन, चुनाव जितेपछि अनुहार देखेको छैनौं ।’ आफूहरूले घरभित्र रहेको केही समान पनि निकाल्न नपाएको उनले सुनाइन् ।

संघीय सांसद बमको घरसमेत पहिरोको जोखिममा परेको छ । नगरपालिकाको मेयरको घर पनि यहीँ वडामा पर्छ । तर, पिनाका जनाताको पीडि न स्थानीय सरकारले देख्यो न त केन्द्रीय सरकारले नै । उनीहरूले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय सरकार सबैलाई हारगुहार पनि गरे । तर उनीहरूको कुरा कसैले पनि सुनेन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV