
दानबहादुर बुढा
मुगु । सदरमुकाम गमगढीका स्थानीय चर्को मूल्यमा खाद्यन्न किनेर खान बाध्य भएको समाचार न्यूज २४ ले प्रशारण गरेपछि सम्बन्धित निकायको ध्यान गएको छ ।
समाचारको प्रभावले पछिल्लो केही दिनयता सदरमुकाम गमगढीको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडमा सहुलियत मूल्यमा खाद्यन्न विक्री भइरहेको हाे।
यसअघि खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा सञ्चालन नहुँदा स्थानीय चर्को मूल्यमा बजारबाट चामल किनेर खान बाध्य थिए ।
उक्त विषयमा न्यूज २४ ले गत असार ५ गते समाचार रिपोर्ट प्रशारण गरेको थियो । त्यसछि खाद्य शाखा कार्यालय सचालनमा आएको हो ।
अन्य जिल्लामा केही दिन पहिलाबाटनै सरकारी अनुदानको खाद्यान्न सुपथ मूल्यमा बिक्री गरिरहेकाे सस्थानले मुगुमा पनि असोज १५ गते देखि २४ गते सम्म सुपथ मूल्यकाे खाद्य पसल खोल्ने निर्णय गरेको हो ।
बिगतमा खाद्या सस्थामा चामल नहुँदा बजारमा महोङ्गगो मूल्यमा खाद्यान्न किनेर खाने गरेका स्थानीय हाल खाद्य संस्थामा नै उपलब्ध भएकाले सस्तोमा पाइने स्थानीयको भनाइ छ ।
सस्थालने दशैको समयमा प्रति व्याक्ति १ प्याकमा एक सय २५ रुपैँया छुट दिँदा निकै खुसी लागेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ बालैका मिन बहादुर भामले बताएका छन् ।केही दिन पहिला सस्थामा खाद्यान्न नहुँदा बजारमा १८ सय देखि २ हजार मूल्यमा १ बोरा चामल किनेर खाँदै आएको उनले सुनाए ।
त्यस्तै छाँयानाथ रारा नगरपालिका वडा नम्बर ३ निगाले गाँउकी रत्नकाली बिक पनि नुन, तेल, चामल वस्तुहरु खाद्य संस्थाबाट सुपथ मूल्यमा किनेर खान पाउँदा निकै खुसी लागेको बताउँछिन् ।
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखाबाट संचालित सुपथ मूल्यका खाद्यन्न कार्तिक २४ गतेसम्म सञ्चालन हुने लिमीटेड शाखा कार्यालयका प्रमुख पुस्कर भामले बताएका छन् । जसका लागि नजिकिँदै गरेको दशैँलाई लक्षित गरेर सस्थानले प्रति घर धुरीलाई समेट्ने गरी एक ब्याक्तिलाई एक बाेरा चामलकाे व्यवस्था गरिएको प्रमुख भामको भनाइ छ ।

उनले त्यसका लगि १ हजार क्विन्टल चामलको व्यवस्था गरिएको बताए । उनले भने, ‘हिजो आज दैनिक सुपथ मूल्यको खाद्यन्न लिने मानिसहरुको घुईचो लाग्ने गरेको छ। अन्य जिल्ला भित्र रहेका डिपो र बिक्री केन्द्रको लागि पनि ठेक्का आह्वान गरिएको छ।’
प्रमुख भामका अनुसार अहिले शाखा कार्यालयबाट, जिरा, अरुवाका साथै सोना मन्सुली, जापानीज, मकावनपुर लगायतका ९ प्रकारका चामल बिक्री भइरहेको छ । त्यस्तैगरी सस्थानबाट २ प्रकारको दालसमेत बिक्री भइरहेको छ।