१८ आश्विन २०७८, सोमबार

काठमाडौं । सर्वोच्च आदालतले अवैध सम्बन्धबाट जन्मेको शिशूको मार्ने महिलालाई कम सजाय हुनेगरी नजिर स्थापना गरेको छ । पर्वत जिल्ला अदालततले जन्मकैदको सजाय तोकेको एक मुद्धामा सर्वोच्चलेका दुई न्यायाधीशहरुले २ वर्षमा झारिदिएपछि नयाँ नजिर स्थापना भएको हो ।

२०७५ साल भदौ १८ गते पर्वातमा अवैध गर्भबाट जन्मिएको शिशूको हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो । प्रहरी अनुशन्धानपछि जन्मदिने आमाले नै शिशूको हत्या गरेको पाइयो ।

र, उनले पर्वत फलेवासकै स्थानीय गणेश मल्ल भन्ने मनबहादुर मल्लसँगको अवैध सम्बन्धपछि गर्भ बसेपछि उक्त गर्भका विषयमा मल्लसँग कुरा गर्दा उनले विवाह गर्न बताएका रहेछन् । साथै उनले जन्मनेबित्तिकै शिशूलाई मारेर फाल भनिदिएको कारण अविवाहित किशोरीले बच्चा जन्मनेबित्तिकै मारेर फाले फालेको पुष्टि भएको थियो ।

सोही आधारमा उनलाई जिल्ला अदाल पर्वतले जन्मकैदको फैसला सुनाएको थियो । तर उक्त मुद्धाको जन्मनासाथ नवजात शिशुलाई मार्ने जातक हत्याको कसुरमा सर्वोच्च अदालतले नयाँ नजिर प्रतिपादन गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उक्त मुद्धामा जजिर स्थापना गरेको हो । यो सँगै शिशू जन्माएर हत्या गरि फ्याल्ने ती अभियुक्त महिलाको सजाय २ वर्षमा सीमित भएको छ ।

फैसलमा मुख्यगरी तीनवटा विषयलाई उजागार गर्दै यस्तो अपराधमा महिलालाई कम सजाय गर्दा पनि न्यायको मकसद पूरा हुने भएकाले कम सजाय गर्न सुझाव समेत दिइएको छ ।

फैसलाको पूर्णपाठ यस्तो छ

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV