१८ आश्विन २०७८, सोमबार

एजेन्सी । जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले फ्रान्कफुर्टसँग पराजित भएको छ । गएराति भएको खेलमा बायर्न फ्रान्कफुर्टसँग २-१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्कफुलाई जित दिलाउनको लागि मार्टिन हिनटेरेगेर र फिलिप कोस्टिकले गोल गरे । बायर्नका लियोन गोरेट्जकाले गरेको गोल सान्त्वना बन्यो । यस सिजनमा बार्यनको यो पहिलो हार हो ।

खेलको २९औं मिनेटमा लियोन गोरेट्जाको गोलबाट बायर्नले अग्रता लिएको थियो । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए ।

३२औं मिनेटमा मार्टिन हिनटेरेगेरले गोल गर्दै खेललाई १-१ गोलका बराबरीमा ल्याए । खेलको ८३ औँ मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै फ्रान्कफुर्टलाई जित दिलाए ।

हारपछि पनि बायर्न ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १६ अंक नै रहेपनि बायर लिभरकुसन गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । फ्रान्कफुर्ट ८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV