१७ आश्विन २०७८, आईतवार

एजेन्सी । चीनमा चरम विद्युत् अभाव भइरहेको छ ।

विद्युत् सङ्कटसको कारण त्यहाँका दशौं लाख घर र व्यवसाय प्रभावित भएको छ । बिजुली जानु चीनमा त्यति अस्वाभाविक होइन । तर यो वर्ष कैयौं कारणहरूले विद्युत् आपूर्तिकर्ताहरूलाई अप्ठेरो पारिरहेको जनाइएको छ।

बीबीसीका अनुसार हिउँद याम आउन लाग्दा सबैभन्दा गम्भीर समस्या चीनको उत्तरपूर्वी औद्योगिक क्षेत्रमा देखिएको छ र यसको असर बाँकी विश्वमा पनि देखा पर्न सक्छ।

चीनले विगतमा पनि विद्युत् आपूर्तिमा सन्तुलन मिलाउन सङ्घर्ष गर्दै आएको थियो । त्यहाँ ऊर्जाको माग उच्च हुने गर्मी र हिउँद याममा सबैभन्दा खराब अवस्था हुने गरेको बताइएको छ।अझ यो वर्ष कैयौं कारणहरूले अवस्थालाई थप गम्भीर बनाएको जनाइएको छ।

ऊर्जा अभावका कारण चीनको आधा भन्दा बढी भूभाग अझै पनि कोइला नै निर्भर रहेको छ।

कैयौं प्रान्त र क्षेत्रहरूमा पालैपालो बिजुली वितरण गरिँदा घर र व्यवसायलाई असर परिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV