१७ आश्विन २०७८, आईतवार

भक्तपुर । पुष्पराग साहित्य प्रतिष्ठानको वार्षिक साधारणसभा सम्पन्न भएको छ।

शनिबार भक्तपुर लोकन्थलीको ॐ ज्ञान मन्दिर स्कुलमा सम्पन्न भएको पुस्पपराग साहित्य प्रतिष्ठानको साधारणसभा पाँचौ हो । पाँचौ साधारणसभाले नयाँ कार्यसमिति चयनसमेत गरेको छ ।

पाँचौ साधारणसभाले डा. प्रदिप मैनालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा भगबनी रोक्का, सचिवमा टिएन भट्ट, कोषाध्यक्षमा उर्मिला कोइराला चयन भएका छन् ।

कवि तथा उपन्यासकार प्रकाश कोइराला आजीवन सदस्यता ग्रहण गर्दै

त्यसैगरी सदस्यहरूमा राधिका पन्त, दुन्डीराज पोखरेल, पदम दाहाल र राज बाबू श्रेष्ठ चयन भएका छन् ।

साधारण सभामा कवि तथा उपन्यासकार प्रकाश कोइरालालाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो।

सभामा पूर्वअध्यक्ष तथा संरक्षक डा.यज्ञेशर निरौलाले आफू पदबाट बाहिरिनुअघि प्रतिष्ठानलाई अघि बढाउन थ्ुप्रै प्रयासका कामहरु गरेको बताए। पाँच वर्षको कार्यकालमा प्रतिष्ठानलाई आफूले सक्दो सहयोग र साथ दिएको पनि उनले बताए ।

नव अध्यक्ष डा. मैनालीले अध्यक्षको जिम्मेवारी दिने सबैलाई धन्यवाद दिँदै संस्थाका आगामी चुनौतीहरु चिर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV