१७ आश्विन २०७८, आईतवार

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज हलमा चलिरहेको नेकपा एमालेको भव्य विधान महाधिवेशनले दुई प्रश्नको एउटा जवाफ दिइरहेको छ ।

भोजभतेरका लागि टेण्डर नै आह्वान गरेर तीन दिनदेखि सुरु भएको विधान महाधिवेशन आज अन्तिम दिन हो । अन्तिम दिन पार्टीका शीर्ष नेताहरुले समूहगत रुपमा बनाइएका टोली नेता अर्थात् प्रतिनिधिहरुले शनिबार राखेका धारणाहरुको जवाफ पस्किरहेका छन् ।

तर, शीर्ष नेताहरुको जवाफ सुनेर प्रतिनिधि हाँस्ने र हसाउने मात्र भएको हलमा सुनिन्छ । जबकि प्रतिनिधिहरुको धारणा थियो–कार्यकारी पद र ७० वर्षे उमेर हदमध्ये एक हुनुपर्छ ।

तर, आइतबारको महाधिवेशन बैठकले प्रतिनिधिहरुको धारणामा पूरै आगो लगाइदिएर खरानी पारिदियो । र, फेरि पूरानै थितीलाई मान्यता दिइयो । एमालेमा पूरानै सिस्ट चल्छ, कार्यकारी पद र ७० वर्षे उमेर हद ओलीको खटन हो भनेर उपमहासचिव विष्णु पौडेलले हाँसेर अथ्र्याइदिए ।

आफूविरुद्ध बोल्ने जो कोहीलाई बाँकी नराख्ने ओलीले आइतबार हलमा पार्टीका प्रतिनिधिले राखेको धारणा थियो– पार्टीमा व्यक्तिलाई प्राथमिकता दिइयो संस्थलाई ओझेलमा पारियो ?

‘कस्ले पुज्यो व्यक्तिलाई, को व्यक्तिवादी ? हामी व्यक्तिवादी होइनौँ, मूर्तिपूजक होइनौँ, संस्था पूजक हौँ’ भनेर ओलीले प्रतिनिधिको मुख मा बुझो हालिदिए ।

अध्यक्ष ओलीको व्यंग्यवाणले हलमा खुबै हाँसो चल्यो । जारी विधान महाधिवेशनले जे जस्तो निर्णय गरे पनि यी दुईमध्ये एक प्रश्न टोली नेताका रुपमा चुनिएर आएका प्रतिनिधिमा यो खट्किनेछ– एमाले ओली कि ओली एमाले ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV