१७ आश्विन २०७८, आईतवार

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराईज हलमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले शनिबार टोली नेताहरुले दिएको सुझावको जवाफ दिइरहेका छन् ।

शनिबार टोली नेताहरुका प्रतिनिधिहरुले पार्टी संस्थालाई नभई व्यक्तिलाई प्राथमिकता राखिएको भन्दै उक्त संस्कार हटाउनुपर्ने धारणा राखेका थिए । प्रतिनिधिहरुको उक्त धारणालाई बहिष्कार गर्दैै आइतबार अध्यक्ष ओलीले कोही व्यक्तिपूजक नभएको जवाफ दिएका छन् ।

अध्यक्ष ओलीले प्रतिनिधिको धारणालाई विरोधीहरुको हमलाको संज्ञाका रुपमा अथ्र्याइदिएका छन् । ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ,’ उनले भने ।

साथै, अहिले एमालेका विषयमा भइरहेका टिकाटिप्पणी कसैले गरेको हमलामात्र भएको उनको भनाइ छ । उनले भनेका छन्, ‘अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे । यो हाम्राविरुद्ध हमलाको विभिन्न रुप हो । हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामूहिकतामा विश्वास गर्छौं ।’

 

LIVE TV