१७ आश्विन २०७८, आईतवार

एजेन्सी । उत्तरी अफ्रिकाको एरिट्रियामा १२७ वर्षीय अफ्रिकी व्यक्तिको निधन भएको छ ।

मृतकका परिवारले नाताबे तिन्सीउको नाममा सबैभन्दा धेरै वर्ष जीवित व्यक्तिको विश्व कीर्तिमान लेखिने अपेक्षा राखेका छन् ।

उनी यति लामो समय बाँच्नुको कारण ुधैर्य, उदारता र आनन्दित जीवनू रहेको उनका नाति जेरे नाताबेले बताएको बीबीसीमा उल्लेख छ।

नाताबेको मृत्यु सोमवार ३०० जनसङ्ख्या रहेको गाउँ अजिफामा भएको परिवारले जनाएको छ।

उनको जन्म दर्ताको अनुसार उनी सन् १८९४ मा जन्मिएको जनाइएको छ । उनले आफ्नो उपस्थितिमा सन् २०१४ मा गाउँलेहरूले उनको १२०औँ जन्मदिन मनाएको बताइएको छ।

बीबीसीका अनुसार नाति जेरेले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई जानकारी गराइसकेको बताएका छन्।

अहिलेसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेका व्यक्ति मानिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV