१७ आश्विन २०७८, आईतवार
  •  भगतराम थारू

बाँके।  यहाँकाे कोहलपुर नगरपालिका वडा नं. २ बर्दहवामा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयको लापरवाहीका कारण कक्षा ११ र कक्षा १२ का विद्यार्थी माथि खेलबाड भएको छ । विद्यालयले नपढाउने विषय पनि पढाएपछि राष्ट्रिय परीक्षा बोर्डबाट निस्कने लब्धाङ्क पत्र ननिस्केकाे र यले विद्यार्थीमाथि मर्का परेकाे बुझिन आएको हो । वर्षभरीको मेहनत खेर जाने भो भन्दै विद्यार्थीहरु अन्योलमा रहेका छन् । विद्यालयले कहिले पुनः परीक्षा गराउने त कहिले जसरी पनि पास गराउने लगायत आश्वासन दिँदै विद्यार्थीलाई गुमराहमा राखेको छ ।

विद्यालयले कक्षा ११ र १२ मा अनिवार्य अंग्रेजी विषय पढाएको छ । विद्यालयमा आईएससी सुरु भएपछि कक्षा ११ मा अंग्रेजी र कक्षा १२ मा नेपाली अनिवार्य पढाउनुपर्ने ठाउँमा अनिवार्य अंग्रेजी पढाएको कारण रिजल्ट आउँदा एसेप्ट नगरेको अभिभावकहरुको भनाई छ । विद्यालयले ठुलो लापरवाही गरेको एक जना अभिभावकले बताउनुभयो । विद्यार्थीहरुलाई कन्फ्युजनमा पारेर पढाउने र पछि विद्यार्थीहरुलाई प्रलोभनमा पार्ने गरिएको बुझिन आएको छ ।

‘हाल यस विद्यालयमा रहेकामध्ये  २ जनाको लब्धाङक पत्र (ट्रान्सक्रिप्ट) निस्केको छ,’ एक जना शिक्षकले भन्नुभयो, ‘३५ जना विद्यार्थीको ट्रान्सकिप्ट निस्केन ।’  विद्यालयले जिम्मा लिएको र जसरी भए पनि पुनः परिक्षा गराउने आवश्वासन दिएको उहाँले बताउनुभयो ।

२ जना विद्यार्थीको ट्रान्सकिप्ट पनि नेपालमा काम नलाग्ने खालको निस्केको अभिभावकको भनाय छ । विदेशमा काम लाग्ने तर नेपालमा त्यो २ जनाको ट्रान्सकिप्ट काम नलाग्ने उहाँले बताउनुभयो । ‘यो सब डुब्लिकेशन खेल हो,’ उहाँले भन्नुभयो ।

सर्वप्रथम त पहिलो गल्ती पाठ्यक्रम विकास केन्द्रको रहेको छ र दोश्रोमा राष्ट्रिय परिक्षा बोर्ड अनि तेश्रोमा विद्यालयको धेरै कमजोरी देखिएको अभिभावक डम्मर डाँगीले बताउनुभयो ।

‘विद्यालयले यदि फरक विषय पढाएको हो भने पहिले नै राष्ट्रिय परिक्षा बोर्डले परीक्षाको लागि स्वीकृत किन गर्यो ?’ विद्यालयका प्रिन्सिपल धर्मराज रेग्मीले भन्नुभयो । परीक्षा भएर पनि मार्कसिट आयो तर परिक्षा बोर्डले भने नेपाली अनिवार्य पढाउनुपर्ने जानकारी गराएको उहाँले बताउनुयो । अब विद्यार्थीहरुको भविश्यको लागि पनि विद्यालयले मौका परिक्षा दिलाउने कि ग्रेड वृद्धिमा परिक्षा दिलाउने भन्नेबारे छलफल भैरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख भगवान पौडेलका अनुसार विद्यालयको मिस कन्फ्युजनले समस्या बल्झिएको छ । विद्यार्थीको चाहना र उनीहरुको भविष्यलाई मध्यनजर गर्दै अब हुने परिक्षामा समावेश गराउनका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

यस्तै शिक्षा विकास तथा सम्मन्वय ईकाई प्रमुख राम सुरेश यादवले विद्यालयको कमजोरी देखिएको बताउनुभयो । फारम भर्ने बेला चनाखो देखिनुपर्ने हो कसरी यस्ताे भयाे,अध्ययन गर्नुपर्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV