
मोरङ । नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित हुनु भएको छ ।
चौधौँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उहाँले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गर्नु भएको थियो ।
उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित हुनुभयो ।
महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।