१७ आश्विन २०७८, आईतवार

एजेन्सी । इटालियन सिरी ‘ए’ मा साविक विजेता इन्टर मिलानले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा इन्टर मिलानले सस्सुलोमाथि २–१ पुनरागमन जित निकालेको हो ।

इन्टर मिलानलाई जित दिलाउनको लागि इडेन जेको र लोउटारो मार्टिनेजले समान एक-एक गोल गरे । घरेलु टोलीका डोमिनिको बेरारडीको गोल सान्त्वना बन्यो ।

खेलको २२ औं मिनेटमा पेनाल्टीमाफर्त डोमिनिले गोल गर्दै सस्सुलोलाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा पेनाल्टीमार्फत मार्टिनेजले गोल गर्दै पुनरागमन जित दिलाए ।

यो जितसँगै इन्टर मिलान ७ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । पराजित सस्सुलो ७ अंकसहित १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV