१७ आश्विन २०७८, आईतवार

एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले टोली टोरिनोमाथि जित निकालेको छ । गएरातिभएको खेलमा युभेन्ट्सले घरेलु टोली टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउको लागि खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए ।

यो जितसँगै युभेन्ट्सल आठौं स्थानमा उक्लिएको छ । युभेन्ट्सले ७ खेलबाट ११ अंक जोडेको छ । पराजित टोरिनो ८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV