१६ आश्विन २०७८, शनिबार

काठमाकौं । भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘जुनी जुनी’को भिडियो सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा संगीतमा तयार भएको ‘जुनी जुनी’मा चर्चित मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले एल्बम तरंगको चर्चा पश्चात गायक किरण गजमेरको एकल स्वरमा एल्बम ‘जुनी जुनी’मा समावेश पहिलो भिडियो बजारमा ल्याएका हुन् । संगीतकार येदिनले यसअघि जारमा ल्याएका भजन संग्रहले चर्चा पाएका थिए ।

वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरुलाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल गीता गज्जबसँग खुलेका छिन् ।

ओई काजल बोलको गीतबाट चर्चामा आएकी गीता पछिल्ला दिनमा कमालको अभिनय मार्फत दर्शकहरुमाझ आफ्नो भिन्न छाप छोड्न सफल भएकी छिन् ।

लोकराज अधिकारी एसोसियट निर्देशक रहेको गीतको एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV