१६ आश्विन २०७८, शनिबार

काठमाडौं । मेलोडी स्टार कम्पिटिसनको उपाधि काठमाडौका जेनी श्रेष्ठले जितेकी छिन् । पेप्सीकोलास्थित स्टार बैंकेटमा भएको फिनालीमा श्रेष्ठले उपाधि जितेकी हुन्

त्यस्तै इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो भएका छन् । प्रतियोगिताको विजेता श्रेष्ठले ५० हजार नगद पुरस्कारसहित दुई वटा म्युजिक भिडियो र गीत गर्न पाउनेछिन् ।

यसैगरी दोस्रो हुनेले ३० हजार नगदसहित एउटा म्युजिक भिडियो र गीत गर्न पाउनेछन् भने तेस्रो हुनेले ३० हजार नगदसहित एउटा गीत गाउन पाउने भएका छन् ।

उक्त प्रतियोगितामा देशभरबाट १०० जना प्रतियोगी सहभागी भएका थिए । जसमध्ये मेगा अडिसनबाट ३६ जना छनोट गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV