१६ आश्विन २०७८, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा.बेदुराम भुसालले नेकपा (एमाले)ले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पना मात्रै भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कूम्भ मेलाको संज्ञा दिदै कुनै विचार र दृष्टिकोण नै नरहेको आरोप लगाए ।

उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा अहिले प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिईएको टिप्पणी गरे ।

यसका साथै सरकार गठनमा ढिलाई हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति नहुनु प्रमुख कारण रहेको उनको भनाइ छ । उनले मन्त्रालय टुँगो लाग्ने बित्तिकै दलहरुले मन्त्रीहरुको नाम दिने बताए । उनले छिटै सरकारले छिट्टै पूर्णता पाउने पनि बताए ।

भुसालले अहिले अर्ली ईलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरे । त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV