१६ आश्विन २०७८, शनिबार

एजेन्सी । संसारमा विभिन्न अपत्यारीलो घटना घटिरहेका हुन्छन् । यस्तै भयो लिथुआनियामा ।

लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको छ । जुन असत्य जस्तो लाग्न सक्छ । तर यो सत्य घटना हो जुन बीबीसीमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन्।

क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ ।

एक जना सर्जनले त्यसलाई ‘विशिष्ट घटना’भनेका छन् । तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको फोटो बाहिरिएको छ।

ती व्यक्तिलाई पेटमा असह्य पीडा भएपछि अस्पतालमा ल्याइएको जनाइएको छ । उनलाई बाल्टिक सीको तटीय क्षेत्रमा रहेको अस्पतालमा एम्बुलेन्समार्फत् ल्याइएको बताइएको छ।

फलामका वस्तुहरु निकालेपछि उनको अवस्थामा स्थिर रहेको र स्वास्थ्यकर्मीले उनको निगरानी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV