१६ आश्विन २०७८, शनिबार
  • सुशीलबाबू थकाली

मुस्ताङ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन तथा मुस्ताङ जिल्ला अधिवेशन–२०७८ बाट जिल्ला मुस्ताङ कार्य समिती सभापतिमा संविधान सभा सदस्य एवं पूर्व वाणिज्य मन्त्री रोमि गौचन थकाली सर्वसम्मतिले निर्वाचित भएका छन् ।

७७ ओटै जिल्लामध्ये मुस्ताङ जिल्लामा पहिलो पटक सबै तहका लागि पदहरु सर्वसम्मतिले पारित भएको हो । सम्भवतः यो अन्य जिल्लाको लागि सकारात्मक पहल हो ।

अधिबेशनबाट थकालीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सदस्य चयन भएको हो । उपाध्यक्षमा बिजय हिराचन र ढोका गुरुङ, सचिवमा बिकल शेरचन र छेवङ न्हुर्बु गुरुङ, सह– सचिवमा नम्डुल गुरुङ र सोमल हिराचन सर्वसम्मतिले निर्वाचित भएका छन् ।

यसैगरी कार्य समिती सदस्यमा तेन्जिङ गुरुङ, शान्ति गुरुङ, शर्मिला थकाली, गणेश शेरचन, न्हिचुङ गुरुङ, रिन्जिन धोर्जे बिष्ट, पन्चमाया तामाङ, योगेश गौचन थकाली, ढाक्पा गुरुङ, कारसाङ छेप्टेन गुरुङ, पवन तुलाचन, ॐअकार नेपाली, सुरेन्द्र थकाली, राजुप्रसाद लालचन, केशु पुर्जा र हिमा पुर्जा सर्वसम्मतिले निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रोमि गौचन थकाली, सुवर्ण बिष्ट, यान्जिङ बिष्ट, सनत कुमार बिष्ट, छिरुङ धावा गुरुङ, फेन्चोक छेप्टेन गुरुङ,पेमा आङ्या बिष्ट, शान्ति गुरुङ,एनि गुरुङ, राजेन्द्र शेरचन, कौशिला शेरचन, विष्णु शेरचन, सुजिता शेरचन, विजय हिराचन योगेश गौचन थकाली, हरि नेपाली, विश्वास तुलाचन, विवेक पुन, टिना गौचन, छिरिङ नाम्गेक गुरुङ, नवीन शेरचन, एर्वेज गर्बुजा, नरेन्द्र शेरचन, नवीन शेरचन र गणेश शेरचन सर्वसम्मतिले निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘ख’ अन्तर्गत सभापतिमा न्हुर्बु गुरुङ, उप सभापतिमा योगेश शेरचन र चन्द्र गुरुङ, सचिवमा सोमल हिराचन र उर्गीन गुरुङ, सह-सचिवमा तेन्जिङ थकाली र छेप्टेन गुरुङ निर्वाचित भएका छन् ।

खुल्ला प्रदेश अधिवेशन प्रतिनिधिमा पल्गेन गुरुङ, पल्साङ थामो गुरुङ, पुस्पा शेरचन, प्रमिला तुलाचन, हेमा गर्बुजा, घ्युर्मी गुरुङ, बिनोद तुलाचन, सहोक शेरचन, सुरज गौचन, शुरेश शेरचन, नाम्ग्या वोन्दी गुरुङ, नवीन कुमार गुरुङ, रबिन्द्र गौचन, बिनोद थकाली, आसबहादुर थकाली र दुर्गा बिक सर्वसम्मतिले निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश सभा क्षेत्रीय कार्य समिति ‘क’ अन्तर्गत सभापतिमा टसि गुरुङ निर्वाचित भएका छन् । भने उप( सभापतिमा पल्वर बिष्ट र धोर्जे छेप्टेन गुरुङ, सचिवमा पेमा वाङ्यल गुरुङ र निमा ढिले, सह( सचिवमा ढिले गुरुङ लामा र रोशन गुरुङ निर्वाचित भएका छन् ।

सदस्यहरूमा टसि वाङ्मो, पेमा डोल्मा बिष्ट, छेची वाङ्मो, ढाक्या गुरुङ, छेवाङ झिक्मी बिष्ट, न्होर्बु गुरुङ, झिक्मी डाण्डु गुरुङ, आम्ची घ्याचो बिष्ट, डान्डु गुरुङ, आङ्ग्याल गुरुङ, न्हर्बु लोवा, पासाङ वाङ्दी गुरुङ, सम्देन दवा गुरुङ, टसि लान्डु गुरुङ, कुङ्गा गुरुङ र घम्छे भुटी गुरुङ सर्वसम्मतिले निर्वाचित भएका छन् ।

महासमिति सदस्यमा रोमि गौचन थकाली,सुवर्ण कुमार बिष्ट, योगेश गौचन, यान्जिङ बिष्ट, टिना गौचन, छिरिङ धावा गुरुङ, बिजय हिराचन, हरि नेपाली, बिष्णु शेरचन, सनत कुमार बिष्ट र राजेन्द्र शेरचन सर्वसम्मतिले निर्वाचित भएका छन् ।

१४ औं केन्द्रीय महाधिवेशन तथा जिल्ला अधिवेशन– २०७८ मा भएको यो सकारात्मक पहल र पदहरुको लागि भएको आपसी समझदारीलाई सबैले प्रशंसा गरेका छन् ।

मुस्ताङका पूर्वसभापति एवं लोमान्थाङ गाउँपालिकाका प्रमुख सुवर्ण बिस्टले पूर्ववाणिज्य मन्त्री गौचनको खुलेर प्रशंसा गरेका थिए ।

सभालाई सम्बोधन गर्दै मन्त्री गौचन जत्तिको नेता अहिलेसम्म मुस्ताङमा नजन्मेको बिष्टले जिकिर गरे । गौचनले गरेको सफल नेतृत्वकै कारण मुस्ताङमा विकासका कार्यहरू दिन प्रतिदिन अघि बढेको बिष्टको भनाई छ ।

पटकपटक जिल्लाले गौचनको नेतृत्वलाई हृदयदेखि सम्मान र स्वागत गर्न समेत पछि नहटेको पनि उनले बताए । गौचनले पदमा हुँदा गरेको राम्रो कामको प्रशंसा गर्दा कसैको केही नबिग्रने बिष्टको धारणा रहेको थियो ।

बिष्टले अबको नेतृत्व युवाको काँधमा आउनुपर्ने पनि बताएका छन् । उनका अनुसार निकट भविष्यमै सबै अवसर र नेतृत्व युवाहरूलाई दिनुपर्छ ।

१४ औं महाधिवेशनका प्रमुख अतिथि एवं सभापतिमा सर्वसम्मतिमा निर्वाचित थकालीले मुस्ताङ जिल्लाको बिकास र समृद्धिको लागि आफू सधैं लागिपरेको बताए ।

हिजोदेखि आजसम्म पनि जिल्लाकै बिकासको लागि आफूले दिलो ज्यान दिएको गौचनको ठम्याइ छ । भविष्यमा पनि जिल्लाको विकास र मुस्ताङबासी जनताहरुको लागि नै सोचेर अघि बढ्ने उनले बताए ।

पद र प्रतिस्ठा तपशिलका कुरा भएको बताउँदै राजनीतिमा लक्ष्य जरुरी रहेको बताएका छन् । उनका अनुसार राजनीति भनेको कहिल्यै नथाक्ने वायुपँखी घोडा हो ।

राजनीतिमा दीर्घकालीन योजना र मिसन जरुरी चाहिने र राजनीति हार र जितको संगम रहेको पनि उनले बताए । साथै, राजनीतिलाई कसैले ठूलो इस्यु नबनाउन गौचनको अनुरोध छ ।

सभालाई सम्बोधन गर्दै थासाङ गाउँ पालिकाका सभापति रुपेश तुलाचनले हाम्रोलाइ भन्दा राम्रोलाई अवसर दिनुपर्ने बेला आएको बताए । चिटिक्क परेको र जिउडाल मिलेकोलाई मात्र अवसर दिदा सम्भावना बोकेको युवाहरुले अवसरबाट बन्चित हुनुपरेको बताए ।

यसैगरी थासाङ गाउँ पालिकाका प्रमुख बुद्धि प्रसाद शेरचनले सबैभन्दा ठूलो कुरा आत्मविश्वास हुनुपर्ने बताए । सबैसँग सरसल्लाह एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको समेत शेरचनको जिकिर रहेको छ ।

विगतमा कस्ले के गर्यो भन्ने कुरा नै महत्त्वपूर्ण रहेको शेरचनले बताए । जिल्लाको हरेक बिकासमा पुर्व मन्त्री रोमि गौचनले गरेको प्रत्यक सकारात्मक कामको प्रशंसा गर्नुपर्ने बेला आएको शेरचनको धारणा रहेको छ ।

बेनी जोमसोम सडक खण्ड लगायत जिल्लाको धेरै बिकासका कामहरुमा गौचनले पुर्याएको योगदान स्वर्ण अक्षरले लेख्नुपर्ने बेला आएको समेत शेरचनले बताए ।

सभालाई सम्बोधन गर्ने क्रममै जिल्ला समन्वय समितिका उप–प्रमुख राजेन्द्र शेरचनले सबै जना हातमा हात अनि काधमा काँध काँध मिलाएर अघि बढ्नुपर्ने बेला आएको प्रती सबै जना चनाखो हुन अपिल गरे ।

समय सधैं एकनास नभएकै कारण मिल्नुको अलावा फुट्नु र आपसी वैमनस्य लिनु राम्रो नभएको शेरचनको ठम्याइ रहेको छ । शेरचनका अनुसार सकिन्छ भने भाबी नेतृत्वको लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताए ।

यसैगरी प्रदेशसभा उमेदवार छिरिङधावा गुरुङका अनुसार पार्टी कसैको पेवा नभएको बताए । ब्यापार गर्नलाई र नाफा कमाउनलाइ पसल वा उद्योग धन्दा खोलेर बस्न सबैलाई अनुरोध गरे । तर गुरुङले पार्टीलाई बजारको सस्तो सामाग्रीसँग तुलना नगर्न अपिल गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV