१६ आश्विन २०७८, शनिबार
  • बाल बिक्रम कार्की

रौतहट । रौतहटमा सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । गएराति करिव ९ बजे पूर्व पश्चिम राजमार्गको चाँदी पुल नजिक युपि ३५ एटी ४२७३ नम्वरको भारतिय ट्रकले ना ३५ प १८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोनालाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्द्रपुर नगरपालिका वडा नम्बर २ असनवा निवासी चौधरी चन्द्रनिगाहपुरबाट घर जाने क्रममा विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले बताउनुभयो ।

ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले बारा जिल्लाको निजगढबाट नियन्त्रणमा लिएको थियो । ट्रक चालक भारतको उत्तर प्रदेश निवासी सर्भेस कुमारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

भारतबाट फलफुल लिएर महोत्तरीको बर्दिवासमा अनलोड गरेर सो ट्रक भारततर्फ फर्कने क्रममा रौतहटमा दुर्घटना भएको प्रहरीको भनाइ छ । ३४ वर्षीय चौधरी चन्द्रपुरमा रहेको जनज्योती वहुमुखि क्याम्पसका पुर्व स्ववियू सहसचिव थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV