१६ आश्विन २०७८, शनिबार

झापा । झापामा पिकअप भ्यानको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बाह्रदशी गाउँपालिका–५ घोडामारास्थित भित्री सडक खण्डमा गएराति मे १ च २५४६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई ठक्कर दिँदा १५ वर्षीया आइसा पौडेलको मृत्यु भएको हो।

सडक किनारमा उभिरहेका आइसा र उनकी आमा ४० वर्षीया मीना पौडेललाई भ्यानले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आमाछोरीलाई ठक्कर दिएर पिकअप पल्टिँदा त्यसमा सवार कनकाई नगरपालिका ९ का ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्री पनि घाइते भएका छन्।

अस्पतालमा उपचारका क्रममा आइसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV