१६ आश्विन २०७८, शनिबार

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाललाई सफलता मिलेको छ । गएराति मालेस्थित राष्ट्रिय रंगशालमा भएको खेलमा आयोजक माल्दिभ्सलाई नेपालले १-० ले पराजित गरेको हो ।

नेपालका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगीले सानदार गोल गरे । उनले काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले खेरा फालेनन् । बिपक्षीको घेराबीच गोल अघि बढाउदै उनले गोल गर्न सफल भएका थिए ।

उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । जुन गोल नै नेपालको जीतका लागि पर्याप्त बन्यो । साफमा नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । यसअघि २०१८ मा भएको साफमा नेपाल माल्दिभ्ससँग सेमिफाइनलमा पराजित भएको थियो । सो समय नेपालले ३-० गोलको अन्तरमा पराजय हुनुपरेको थियो ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षकले युवा टोलीलाई ध्यान दिने र बिश्वास पनि गर्ने बताउदै आएका थिए । र सोही अनुसारको टिम मेनेजमेन्ट पनि उनले गरेर यो पटक साफ जित्ने लक्ष्य लिएका छन् ।

उनले गरेको यो निर्णयलाई प्रमाणित गराउन नेपाली टीमका खेलाडिहरुले जोडदार मेहनत गरिरहेका छन् । माल्दिभ्सबिरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दा करोडौं नेपाली खेलकुद प्रेमीहरु हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV