१६ आश्विन २०७८, शनिबार

वि सं २०७८ साल असोज १६ गते, शनिबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबर २ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– एकादशी, १९ः५७ बजे द्धादशी एकादशी । नक्षत्र– अश्लेषा, २५ः५१ बजे उप्रान्त । योग– शिव १७ः३ उप्रान्त साध्य । करण– वणिज ७ :५७ बजेदेखि वालव, १९ः ५७ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ५ः५७, सूर्यास्त बेलुकी ५ः४७ बजे ।

मेष : कार्य सफलता तथा आर्थिक समृदिको योग रहेको छ । पारिवारिक भेटघाटमा व्यस्त भईने छ मध्यान्न पछि स्वास्थ्यमा समस्या आउनसक्छ ।

वृष : मित्र जनसंग सम्बन्ध विग्रन सक्नेछ बोलीमा लगाम लगाउनु होला । बुबा आमाको सहयोग प्राप्त हुने छ । प्रेम प्रेमिका बीच झगडा हुनाले तनावपूर्ण दिन प्रेम क्षेत्रमा हुने छ ।

मिथुन :  स्वास्थ्यमा समस्याको कारणले आर्थिक क्षेत्र राम्रो हुदैन । अध्ययन क्षेत्र राम्रो रहने छ । मित्रजनदेखि महत्वपूर्ण सहयोग प्राप्त हुने छ । मध्यान्न देखि राम्रो रहने छ ।

कर्कट : सामाजिक तथा पारिवारिक कार्यमा समय व्यतित हुनेछ । विद्यार्थी वर्गको लागि अति नै राम्रो समय रहने छ भने व्यपारीवर्गको लागि केहि तनावपूर्ण समय रहने छ ।

सिंह : आर्थिक क्षेत्र सुधार हुने छ स्वास्थ्यमा सामान्य समस्या आउने हुनाले सजक रहनुहोला व्यपार व्यवसायमा सफलता प्राप्त हुने देखिन्छ सन्ध्याकालीन प्रेम मिलन हुने छ ।

कन्या : व्यपार व्यवसाय क्षेत्र राम्रो रहने छ केही खराब व्यक्तिको संगतले प्रशासनिक समस्या आउने हुँदा संगत गर्दै नगर्नु होला । अध्ययनमा भन्दा रमाइलो गर्नमा समय व्यतित गरिने छ ।

तुला : महत्वपूर्ण कार्य तथा मिलन हुने छ । पारिवारिक भेटघाट तथा घुमघाममा समय वित्ने छ भने नसोचेको आर्थिक समृद्धि प्राप्त हुने छ कृषक तथा व्यपारिक क्षेत्रमा सामन्य प्रगति हुने छ ।

वृश्चिक : वैदेशिक कार्य तथा आर्थिक लाभ प्राप्त हुने छ मिगजनको सहयोग प्राप्त हुने छ । पारिवारिक समस्या भने बढ्ने छ ।विद्यार्थी वर्गकोलागि राम्रो दिन रहने छ ।

धनु : मिष्ठान्न भोजन तथा मनोरञ्जना कार्यमा समय व्यतित हुने छ । राजनीति क्षेत्र राम्रो रहने छ महत्वपूर्ण निर्णयले आर्थिक क्षेत्र राम्रो रहने छ पारिवारिक मिलन हुने छ ।

मकर : आर्थिक समृद्धिको बाटोमा अगाडि बढिने छ । केहि केहि निर्णय खराव रहने छन् बोलेको कुरामा ध्यान दिनु होला पारिवारिक क्षेत्र राम्रो रहने छ । स्वास्थ्य सामान्य रहने छ ।

कुम्भ : नसोचेको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नविन कार्यको थालनि गरिने छ । अध्यायन तथा अध्यापन क्षेत्रमा राम्रो प्रगति हुने छ आर्थिक समृद्धि हासिल हुने छ ।

मीन : प्रेमको सुरुवात हुने छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ व्यपार व्यवसाय राम्रो रहने छ भने मध्यान्न देखि स्वास्थमा समस्या देखा पर्ने छ । पारिवारीक सहयोग प्राप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV