१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो ‘बिरोध छैन’ सार्वजनिक भएको छ । सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेकी बिरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

सार्वजनिक भिडियोमा नेपाली समाजको यथार्थता देख्न सकिन्छ । पारिवारिक खुशीको लागि वाध्यताबस विदेशमा गर्नुपरेको संघर्ष अनि त्यसबीचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ । रचना रिमालको स्वरमा सार्वजनिक गीतमा संगीत कृति न्यौपानेको छ ।

कृतिको मिठासपूर्ण संगीतमा रचनाले न्यायपूर्ण स्वर भरेकी छिन् ।गीतको भिडियोमा मोडलद्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ । कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन् ।

साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।

यसैबीच रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट जुट्ने सम्पुर्ण ुरेभिन्युु सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् । गीतकार श्रेष्ठले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफुले मद्दत गर्दै आइरहेको शारीरिक तथा मानसिक अशक्तहरुको सेवामा खर्चिने प्रतिवद्धता जनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV