१५ आश्विन २०७८, शुक्रबार

बाँके । बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका- ५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको हो ।

उनीविरुद्ध जिल्ला अदालत बाँकेले गत २० कार्तिकमा ११ महिना १२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV