१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा अक्टोवरदेखि ‘हार्ड रक क्याफे’ सञ्चालनमा आउने भएको छ । ‘हार्ड रक क्याफे’ले सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह ‘मेमोरेबिलया’का साथै अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्सका साथमा आफ्नो नयाँ शहरप्रति प्रस्तुति पनि पेश गर्ने भएको छ ।

शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथै बाहिरी छत पनि समेटेको जनाएको छ, जहाँ बसेर दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने बताइएको छ ।

यस क्याफेको मेनुको सबै भन्दा मुख्य आकर्षण भनेकै बर्गर हो, जसको लागि हार्ड रक® प्रसिद्ध छ । सो बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेट्स पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत रहेको छ ।

जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइने क्याफेले जनाएको छ । त्यस्तै मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ ।

त्यस्तै स्याण्डवीचहरु बर्बेक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किइने क्याफेले जनाएको छ । उक्त मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स् पनि हुनेछ । जसलाई विशेष गरी हार्ड रक क्याफे® काठमाडौंको लागि डेनमार्कबाट झिकाइएको छ ।

७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिनेछ क्याफेले जनाएको छ । त्यसपछि घरेलु बार्बेक्यू ससको साथमा मिसाएर सटिकताको लागि ग्रील्ड गरिने र सिजन्ड फ्राइज, कोलस्ल तथा ¥यान्च स्टाइलका सिमीहरुसँग पस्किइने क्याफेले जनाएको छ ।

हार्ड रकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बूजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको चयन रहनेछन् ।’

हार्ड रक क्याफे काठमाडौंमा १०० जना स्थानीय कामदारहरु रहनेछन् । यहाँका धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिने बताइएको छ । आर्थिक अवस्था खस्किरहेको वर्तमान समयमा हार्ड रक क्याफे काठमाडौंले स्थानीय समुदायमा ठूलो धनराशि लगानी गर्न लागेको हो ।

हार्ड रक इन्टरनेशनलका फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्नान्डेजले भनेका छन्, ‘सन् २०२१ भित्रमा नै हार्ड रक क्याफे® काठमाडौं सञ्चालनमा ल्याउनु हाम्रा साझेदारहरुका लागि ठूलो चुनौती भएको छ । र हामी अन्ततः यो सुन्दर, मनोरम नगरी काठमाडौंमा यस प्रकारको प्रख्यात क्याफे सञ्चालन गरिएको घोषणा गर्न पाउँदा गौरवको महसुस गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV