१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । लगातार तेस्रो खेल जित्दै चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-ट्वान्टी क्रिकेटमा प्रतियोगितामा प्लेअफमा स्थान बनाएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा मैदानमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन दुई खेलअघि नै शीर्ष स्थानमा रहँदै पहिले प्लेअफ पुग्न सफल भएको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवनले १२४ रनको लक्ष्य पछ्याउने क्रममा १६ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै जित हासिल गरेको हो ।

चितवनको जितमा ओपनिङ ब्याटर मोहम्मद शाहजाद ५२ बलमा सात चौका र दुई छक्कासहित ६३ रनमा अविजित रहे । यस्तै ब्याटर भीम सार्की ५२ रनमा अविजित रहे । जितसँगै चितवनले तीन खेलमा शत प्रतिशत जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV