१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । शनिबार हुने नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनमा उम्मेद्वारीको तयारी तीब्र भएको छ । शुक्रबार काठमाडौं उपत्यका विभिन्न स्थानमा अधिवेशनका लागि कांग्रेसका स्थानीय नेताहरुले अधिवेशनको तयारी गरेका हुन् ।

कांग्रेस भित्रका विभिन्न पक्षका नेताहरुले शनिबार हुने अधिवेशनका लागि उम्मेद्वारी दिने तयारी गरेका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरेपनि काठमाडौंको भने असोज १६ गते शनिबार हुन लागेको हो ।

दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV