१५ आश्विन २०७८, शुक्रबार

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा नेता शंकर पोखरेललाई पाएका छन् ।

अहिले उनले गोदावरीको सनराइज सम्मेलन केन्द्रमा राजनीतिक प्रस्ताव पेस गरिरहेका छन् ।

अध्यक्ष ओलीलाई रूघाखोकीले ग्रस्त बनाएपछि राजनीतिक प्रस्ताव पेश गर्ने जिम्मा पोखरललाई दिइएको हो ।

प्रतिवेदन पेस गर्ने क्रममा अध्यक्ष ओलीले पटक पटक खोकेका थिए । र, प्रतिवेदन पेश गर्न खोजे पनि खोकीले धोका दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV