
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मापदण्ड पालना गरेर सभा(सम्मेलन गर्न बन्देज नलगाइएको स्पष्ट पारेको छ ।
शुक्रबार एक विज्ञेप्ती जारी गर्दै प्रशासनले स्वास्थ्यका मापदण्ड पुरा गरी काठमाडौँ उपत्यकामा सभा, सम्मेलन र धार्मिकरसांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित क्रियाकलाप गर्न निषेध नगरिएको बताएका छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिकरसास्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्य क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी गर्नरगराउन कुनै बन्देज नलगाएको स्पष्ट पारेको छ ।
यसअघि असोज १४ गते स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो ।