१५ आश्विन २०७८, शुक्रबार

बुटवल । तिलोत्तमा नगरपालिका- ४ की २७ बर्षीया सिता भण्डारी पौड्यालको रहस्यमय ढंगले मृत्यु भएको आज २६ दिन भएको छ तर, घटनाबारे अझैँ सत्य तथ्य छानविन हुन सकेको छैन ।

घटनाबारे सत्य छानविन हुन नसक्दा मृतकका माइतीजन पक्षले मृतकको शव उठाउन दिएको छैन । अस्पतालको पोष्टमार्टम रिपोर्टमा सीताको हत्या नभई आत्महत्या भएको भनिएपछि माइतीजन पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ ।

घटना भएको जिल्ला गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला हो । एउटी चेली माइतीबाट फर्किन नपाई रहस्यमय मृत्यु हुँदा पनि राज्यले यसबारे गम्भीर रुपमा नलिनु आपत्तिजनक हो ।

तर, घटना भएको २६ दिन भए पनि घटनाबारे किन सत्य छानविन हुन सकेन ? घटनाबारे सीसीटिभी फुटेजमा केही शंकास्पद देखिए पनि त्यसबारे प्रहरीले अझैँ कुनै अनुसन्धान नगर्नु दुःखद पक्ष रहेको मृतकको माइती पक्षको आरोप छ ।

माइतीबाट घर फर्केको भोलिपल्ट भदौ २० गते सीताको ओछ्यानमै मृत्यु भएको थियो । मृतककाबाबु हरिप्रसाद भण्डारीका अनुसार मृतक सीताको गलामा डोरीको पासो कसिएको, मुखमा रगत बगेको र शरिरका विभिन्न भागमा निलडामहरु देखिएको थियो ।

छोरीको मृत्यु नभई हत्या गरिएको भन्दै मृतकका बुवाले ईलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले किटानी जाहेरी मुद्धा लिन मानेको थिएन ।

पछि माइतीजनले आन्दोलन सुरु गरे पछि प्रहरीले आत्माहत्य दुरुसाहन मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएपछि मृतकका श्रीमान टीका पौड्याल र उनकी दिदी बिष्णु पौड्याललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालनी गरेको थियो ।

तर, दुवै जनालाई अदालतले म्याद थप्न नमानेको भन्दै छाडि दियो । त्यसपछि माइती पक्षले अदालतको उक्त फैसलाविरुद्ध चरणबद्ध आन्दोलन गरेको थियो ।

माइतीजनले चरणबद्ध आन्दोलन गरेपछि रुपन्देहीका तत्कालीन जिल्ला प्रमुख अधिकारी (सिडियो आस्मान तामाङ)ले कर्तब्य ज्यान मुद्धा दर्ता गराउन पुनः आश्वासन दिएका थिए । र, केही दिनका लागि आन्दोलन रोकियो । तर, अहिले सिडियो तामाङ सरुवा भइसकेका छन् ।

अहिले प्रहरीले उक्त मुद्धा पनि दर्ता गरेर पुनः मृतकका श्रीमान, अमाजु र वडा सदस्य रहेका दाजु हरि पौड्याललाई समेत पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

हरि पौडेल तिलोत्तमा नगरपालिका-५ का वडा सदस्य हुन् । उनी नेकपा एमालेबाट विजयी भएका हुन् । राज्यको माथिल्लो निकायसँग सम्बन्ध राख्ने उनकै सेटिङका कारण प्रहरीले घटनाबारे सत्य छानविन नगरेको मृतक पक्षको आरोप छ ।

साथै, यस घटना दबाउनका निकै चलखेल गरेको उनीमाथि मृतकले आरोप लगाएका छन् । अब प्रहरीको अनुसन्धाबाट कस्तो नतिजा आउँला र कहिले आउँला त्यो बाँकी छ ।

हाल बुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी पंकज चुँदालीको टोली पनि अनुसन्धानमा खटिएको छ । तैपनि अझैँसम्म हत्या वा आत्मा हत्या भन्ने बारे खुल्न सकेको छैन ।

जनताबाट निर्वाचित जनप्रतिनिधिले यस्तो समयमा पीडितको घाउमा मल्हम लगाउनुपथ्र्याे तर, त्यहीँबाट निर्वाचन जितेर गृहमन्त्री बनेका खाँणले उक्त घटनाबारे कुनै चासो दिएका छैनन् । जबकि घटनाबारे सामाजिक सञ्जाल र मिडियामा आइरहेको छ ।

यो पनि :

तीज मान्न माइती गएकी सीतालाई अचानक घर बोलाएर किन गरियो हत्या ?
सीता मृत्यु प्रकरण : झुण्डिएर आत्महत्या’ भन्ने रिपोर्ट आएपछि आफन्तजन उत्रिए विरोधमा (भिडियोसहित)

सीता भण्डारी मृत्यु प्रकरण : सिसीटिभी फुटेजमा जे देखियो…

सीता भण्डारी मृत्यु प्रकरण : बुटवलका डिएसपी मदन कुँवर शंकाको घेरामा तानिए

सीता भण्डारी मृत्यु प्रकरण : डिएसपी बने ‘वकिल’ , घरकै मान्छे जनप्रतिनिधि !

प्रतिक्रिया दिनुहोस्
LIVE TV