१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन हो । उहाँ आजको मितिबाट ४५ वर्षमा लाग्नुभएको छ । २०५६ साल माघ ११ गते तत्कालीन युवराज पारस शाहसँग विवाह बन्धनमा बाँधिनु भएको थियो ।

उहाँको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो । हिमानी हाल एक्लै बस्दै आउनु भएको छ । हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको भनिदै आएको छ ।

हाल राजनीतिबाट अलग रहनुभएकी हिमानी सामाजिक कार्यमा जुटिरहनुभएको छ । उहाँको हिमानी ट्रष्ट नामक संस्था छ ।

हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV