१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला नौ सय रुपैयाँले बढेको हो ।

छापावाल सुन बिहीबार प्रतितोला रु ८८ हजार ७ सयमा कारोबार भएको थियो । शुक्रबार ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोल रु ८९ हजार १५० कायम गरिएको छ । बिहीबार प्रतितोला रु ८८ हजार २५० मा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV