१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । टीयू क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल बराबरीमा सकिएको छ । विहीबार (आज) ललितपुर र भैरहवाबीचको रोमान्चक खेल ‘टाई’ भएको हो ।

ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । स्कोर बराबर भएपनि खराब प्रकाशको कारण सुपर ओभर भएन भने दुबै टोलीलाई एक–एक अंक दिइएको हो ।

योसँगै ललितपुर पहिलो अंक जोडेको छ । त्यस्तै भैरहवाले तालिकामा चार अंक बनाएको छ । चार अंकसहित भैरहवा तालिको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुर प्याट्रिओट्सका लागि रसिद खानले ३ तथा रिजन ढकालले २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउँदै भैरहवाविरुद्ध १७७ रन बनाएको थियो ।

ललितपुर प्याट्रिओट्सका लागि सन्दुन विराकोडीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेल्दा अज्मुतुल्लाह ओमारजाईले ४२ रनको योगदान दिए । उसका लागि सन्दीप जोराले ३८ रन तथा ओशाड फर्नान्डोले २० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV