१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । सरकारले प्राविधिक नेपाल इन्जिनियरिङ सेवातर्फ गोपाल सिग्देललाई सचिवमा बढुवा गरेको छ । विहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई सचिवमा बढुवा गरेको हो ।

यसअघि ३ पटकसम्म बढुवाका लागि सिग्देलको नाम सिफारिस भएपनि बढुवा नभएका उनको यसपटक भने वरिष्ठताका आधारमा एक्लैको नाम सिफारिस भएको थियो ।

विशेष गरी सरकारले पहिलो नम्बरमा सिफारिस भएका कर्मचारीलाई बढुवा गर्ने गर्छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच जना नेपालीहरुलाई स्वीकृति दिएको छ ।

त्यस्तै बैठकले संसदका विभिन्न समितिहरुले दिएका सुझावहरु माथि छलफल गरी प्रस्तावसमेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV